हँसीमजाक गरी पछार्दा १ जनाको मृत्यु

बुटवल  : रूपन्देहीको सियारी गाउँपालिकामा हँसीमजाक गरी उचालेर पछार्दा १ जनाको निधन भएको छ ।

सियारी गाउँपालिका-३ सितापुर बस्ने ४० वर्षीय ओमप्रकाश यादवले स्थानीय ५५ वर्षीय जंगबहादुर बेलदारलाई मादक पदार्थ सेवन गरेको समयमा हँसीमजाक गर्दै उचालेर पछार्ने क्रममा गम्भीर घाइते भएका थिए ।

याे पनि पढ्नुस  स्नातक पास गर्ने छोरीलाई १ लाख पुरस्कार

भुईंमा पछारिँदा ढाड र कम्मरमा गम्भीर चोट लागेका बेलदारको सोमबार दिउँसो मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले जानकारी दिए।

गम्भीर अवस्था रहे पनि आर्थिक अवस्था कमजोर रहेका कारण उपचारको लागि सुविधायुक्त अस्पतालमा लैजान नसक्दा उनको घरमै मृत्यु भएको प्रहरीले जनाएको छ।

याे पनि पढ्नुस  रूपन्देहीमा भदौ २० सम्म थपियाे लकडाउन

प्रहरीले घटनामा संलग्न यादवलाई नियन्त्रणमा लिएको जनाएको छ ।

कमेन्ट गर्नुहोस्