गोंगबु हत्या प्रकरण : १ महिला पक्राउ

काठमाडौं : काठमाडौंको गोंगबुस्थित गणेशस्थानमा १ पुरुषलाई हत्या गरेको आरोपमा प्रहरीले १ महिलालाई पक्राउ गरेको छ ।

प्रहरीका एक उच्च अधिकारीका अनुसार दाङका कृष्णबहादुर बोहराको हत्या आरोपमा चितवन टाँडीस्थित माधवपुरबाट कल्पना शाहीलाई पक्राउ गरिएको हो । ती अधिकारीका अनुसार पक्राउ परेकी ती युवतीलाई प्रहरीले काठमाडौं ल्याउँदैछ ।

याे पनि पढ्नुस  गोंगबु हत्या प्रकरणः यस्तो छ नालीबेली !

आइतबार विहान बोहराको शरीरको मुख्य भाग सुटकेशमा तथा टाउको र खुट्टा जेब्रा झोलामा फेला परेको थियो । हत्या गरिएका बोहरा नयाँ बजारस्थित एक गार्मेन्टमा काम गर्थे ।

टोखा नगरपालिका–१० स्थित गोंगवु गणेशस्थानमा फेला परेको शव पहिचान गर्न प्रहरीलाई हम्मे परेको थियो । सोमबार बोहराको मामाले शवको सनाखत गरेपछि प्रहरीले हत्या गरेको घर पत्ता लगाएको थियो ।

कमेन्ट गर्नुहोस्