३० वर्षीया महिलाले जन्माइन् ५ किलोको बच्चा

चितवन : मकवानपुरकी १ महिलाले ५ किलोग्रामको बच्चा जन्माएकी छन् । चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत मकवानपुरको चुरीयामाई-९ घर भएकी ३० वर्षीया सीता लोप्चनले आज ५ किलोग्रामकी छोरी जन्माएको अस्पतालले जनाएको छ ।

अस्पतालका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाका अनुसार उच्च रक्तचाप र बच्चा ठूलो भएका कारण हेटौँडा अस्पतालबाट उपचारका लागि आइतबार साँझ चितवन मेडिकल कलेज पठाइएको थियो ।

याे पनि पढ्नुस  चीनमा जीन सम्पादन गरेर बच्चा जन्माउने वैज्ञानिकलाई ३ वर्ष जेल

लोप्चनले आज बिहान ९ बजे छोरी जन्माएकी हुन् । आमा ११२ किलो भएका कारणसमेत शल्यक्रियामा समस्या आउनसक्ने भएकाले लोप्चनलाई चितवन पठाइएको उनले बताए ।

भरतपुर अस्पतालका स्त्री रोग विशेषज्ञ डा. रामप्रसाद सापकोटाले सामान्यतया बच्चाको तौल दुई किलो ५०० ग्रामदेखि तीन किलो ५०० ग्रामसम्म हुने बताए ।

याे पनि पढ्नुस  एन्टिबडी पोजिटिभ देखिएका मकवानपुरका ४ जनाको पीसीआर रिपोर्ट आयो

४ किलोभन्दा माथि तौल भएमा आमामा केही समस्या हुनसक्ने उनको भनाइ छ । लोप्चनको डा बन्दना खनाल, डा. प्रेक्षा सिंह, डा. वसन्त शर्मा, डा. इन्द्रनारायण श्रेष्ठ, डा. मेनुका ताम्राकारसहितको टोलीले शल्यक्रियामार्फत बच्चा निकालेको हो । अहिले आमा र बच्चा दुवैको अवस्था सामान्य रहेको कलेजले जनाएको छ ।

कमेन्ट गर्नुहोस्