काठमाडौंको कोटेश्वरका थप ४ जनामा कोरोना पुष्टि

काठमाडौं : काठमाडौं महानगरपालिका-३२ कोटेश्वरको असर्फी टोलमा थप ४ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ ।

१८ साउनमा किराना पसल सञ्चालक ४ जनामा संक्रमण देखिएपछि १ सय ४१ जनाको स्वाब संकलन गरिएको थियो । उनीहरूमध्ये १३ जनामा संक्रमण देखिएको रिपोर्ट आइतबार आएको थियो ।

याे पनि पढ्नुस  काठमाडौंमा आज १६ र ललितपुरमा ७ जनामा कोरोना पुष्टि

वडा सदस्य हिरादेवी पोखरेलका अनुसार सोमबार २ बच्चासहित ४ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित बढ्न थालेपछि वडाले सोमबार बिहानैबाट यो क्षेत्र सिल गरेको छ ।

कमेन्ट गर्नुहोस्