भदौ १६ देखि मात्र लामो दूरीका यातायात र हवाई उडान सञ्चालन गर्ने सरकारको निर्णय

काठमाडौं : अन्तर जिल्ला यातायात र बाह्य तथा अन्तरिक हवाई उडान १६ भदौदेखि खोल्ने निर्णय गरिएको छ ।

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले कोभिड-१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) को सिफारिसअनुसार १ भदौबाट खुला गर्ने भनिएको क्षेत्र थप १५ दिन नखोल्ने निर्णय गरेको हो ।

याे पनि पढ्नुस  हवाई उडान र सार्वजनिक यातायात पर्सिदेखि शुरू हुने

५ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले ४ महिना लामो लकडाउन अन्त्य गर्दै अन्तर जिल्ला यातायात, बाह्य तथा अन्तरिक हवाई उडान तथा विद्यालय भर्ना लगायतका गतिविधि भदौ १ गतेदेखि निर्णय गरेको थियो ।

तर कोरोना संक्रमणको जोखिम बढेको भन्दै सीसीएमसीले छोटो, मध्य र लामो दुरीमा अन्तरजिल्ला निजी तथा सार्वजनिक यातायात, आन्तरिक तथा अन्तराष्ट्रिय व्यवसायिक उडान, खेलकुद प्रशिक्षण, विद्यार्थी भर्ना, शैक्षिक तथा अन्य परीक्षा जस्ता कार्य भदौ १५ सम्म स्थगित गर्न सिफारिस गरेको थियो ।

कमेन्ट गर्नुहोस्