तोकियो जारको पानीको खुद्रा मूल्य

काठमाडौं : जारको पिउने पानीको खुद्रा मूल्य (एमआरपी) तोकिएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्रशोधित पिउने पानीको अधिकतम खुद्रा मूल्य (एमआरपी) तोकेको हो ।

विभागले प्रशोधित पिउने पानी प्रतिजार ५० रुपैयाँ र प्रशोधित पिउने पानी प्रतिकार्टुन (१६ बोतल भएको) १५० रुपैयाँ तोकिएको हो ।

याे पनि पढ्नुस  घट्यो सुनको मूल्य

अब पानीको जार उत्पादक कम्पनीले २० रुपैयाँमा, डिस्ट्रीब्युटरले ३५ रुपैयाँमा र खुद्रा व्यापारीले ४० रुपैयाँसम्म बेच्न पाउने छन् । त्यस्तै, एमआरपी ५० रुपैयाँ तोकिएको छ ।

कमेन्ट गर्नुहोस्