गोंगबु हत्या प्रकरणः यस्तो छ नालीबेली !

काठमाडौंः गोंगबुमा भएको विभत्स हत्यामा संलग्न एक महिलालाई प्रहरीले सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका–७ घर भई हाल काठमाडौंको टोखा नगरपालिका वडा–१० नवज्योति मार्ग बस्दै आएकी ३७ वर्षीया कल्पना मुडभरी पौडेल रहेकी छन् । उनले केही केही टेलिशृंखलामा अभिनय समेत गरेकी थिइन् ।

उनलाई रोल्पा रून्तीगढी गाउँपालिका वडा नं. ७ घर भई हाल गोंगबुस्थित एक होटलमा बस्दै आएका बर्ष ४५ का कृष्ण बहादुर बोहोराको हत्या आरोपमा सोमबार बेलुका चितवनबाट पक्राउ गरिएको थियो । राति नै काठमाडौं ल्याएर प्रहरीले मंगलबार बिहान पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

सम्बन्धित समाचारः गोंगबुमा कृष्णबहादुरको किन र कसरी भयो विभत्स हत्या ?

सोमबार बिहान काठमाडौंको गोंगबुमा सुटकेसभित्र टाउको र खुट्टाविनाको बोहोराको शव भेटिएको थियो । त्यसको केही मिटर पर जेब्रा झोलाभित्र टाउको र खुट्टा फेला परेको थियो ।

यस्तो छ नालीबेली

– मिति २०७७।०४।२५ गते बिहान अन्दाजी ०७:०० बजेको समयमा टोखा न.पा. वडा नं. १० नवज्योति मार्गमा रातो प्लाष्टीकले बेरेको, बोराको नाम्लो सहित कालो रंगको सुटकेश भित्र टाउको र खुट्टा बिनाको पुरुषको शव फेला परेको ।

याे पनि पढ्नुस  विदेश पठाउछु भन्दै ठगी गर्ने श्रीमान–श्रीमती पक्राउ

– तत्काल तालिम प्राप्त जो जो नामको Tracking Dog परिचालन गर्दा टाउको र खुट्टा पोको पारी फालेको अवस्थामा अन्दाजी ३०० मिटर पूर्व उत्तर रहेको स्वर्गद्वारी मार्गको खाली जमीनको कुनामा फेला परेको ।

– मृतक पहिचानका लागि मिति २०७७।०४।२६ गते मृतकको फोटो सामाजिक संजाल तथा मिडिया मार्फत सार्वजनिक गरिएको ।

– मिति २०७७।०४।२६ गते मृतकको मामा नाता पर्ने ब्यक्ति आई मृतकको सनाखत गरेको ।

– मृतक जिल्ला रोल्पा रून्तीगढी गाउँपालिका वडा नं. ७ घर भई हाल गोंगबु स्थित एक होटलमा बस्दै आएका बर्ष ४५ का कृष्ण बहादुर बोहोरा भन्ने यकीन भएको ।

– निज मृतक बिगत ८ महिना देखि उक्त होटलमा बस्दै आएको ।

– मृतक र अभियुक्त बीच करिव ३।४ बर्ष देखि फेसबुक मार्फत चिनाजानी भई सम्पर्कमा रहेको ।

याे पनि पढ्नुस  एनआरएनए मलेसियाका अध्यक्ष भट्टराईद्वारा पदको दुरुपयोग, झुठो उजुरी दिँदा पुर्व महासचिव पक्राउ

– मृतक कृष्ण बहादुर बोहोरा अभियुक्तको कोठामा बेला बेलामा आई भेट्ने गरेको ।

– मृतकले अभियुक्तको फोटो राखी फेक फेसबुक आई.डी. खोली चलाउने गरेको भन्ने बुझिएको र आफु अनुकुल चल्नको लागि दबाब दिने गरेको ।

– मृतक घटनाको दिन आफु बसेको होटलबाट बा ७२ प ५६४४ नं. को स्कुटी प्रयोग गरी अभियुक्तको कोठामा आएको ।

– मृतकलाई अभियुक्तले दही, चिउरा, मासु र भोड्का खान दिएको ।

– अभियुक्तले दहीमा ५ वटा निन्द्राको औषधी (sleeping tablet- Triad 10 mg) मिसाई खान दिएको । उक्त खानेकुरा खाएपछि मृतक लठ्ठ परी सुतेको मौकामा फलामको मारतोल (ह्याम्मर) ले मृतकको अण्डकोषमा प्रहार गरेको । तत्पश्चात मृतकलाई सलको प्रयोग गरी घाटीमा थिचेको र मरेको यकीन गरेको ।

– धारिलो हतियार प्रयोग गरी टाउको र खुट्टा छिनाई झोलामा राखी आफैले फालेको । शवको बाँकी भाग कालो रंगको सुटकेशमा राखी पश्चिम बाटोको छेउमा फाली कोठामा फर्की आई बसेको ।

याे पनि पढ्नुस  कोरोना परीक्षणको नक्कली प्रमाण पत्र दिने अस्पतालका सञ्चालक पक्राउ

– मिति २०७७।०४।२५ गते बेलुकी बिरामी लिएर काठमाण्डौ आई फर्कन लागेको चिनेजानेको एम्बुलेन्स ड्राईभरलाई फोन गरी भाडा तिरी सोही एम्बुलेन्सबाट चितवन तर्फ गएको ।

– अनुसन्धानको क्रममा निज कल्पना मुडभरी (पौडेल) घटनामा संलग्न भएको र निजको छोरी शव ब्यबस्थापनमा संलग्न रहेको खुल्न आएकोले पक्राउको लागि प्रहरी परिचालन भएको ।

– निजहरुलाई खोजतलाशको क्रममा जिल्ला प्रहरी चितवनको समन्वयमा पक्राउ गरिएको ।
हालसम्मको प्रारम्भिक अनुसन्धानमा Crime Scene, Victim & Suspect को बीचमा Technically & Physically सम्बन्ध स्थापना भएको । थप अनुसन्धान कार्य भईरहेको ।

घटनास्थलबाट बरामद भएका सामानहरु

– घटनामा प्रयोग भएको धारिलो हतियार

– हिर्काउन प्रयोग भएको ह्याम्मर

– रगत लतपतिएको पञ्जा, म्याट्रेसको टुक्रा

– घाँटी कस्न प्रयोग गरेको कालो रंगको सल

– सुटकेशको ह्याण्डल, नाम्लोमा प्रयोग भएको डोरीको टुक्रा

– मृतकले लगाएका तथा झोलामा रहेका मृतकका कपडाहरु

– स्लिपीङ ट्यावलेटको खोल
– मोबाईल सेटहरु

कमेन्ट गर्नुहोस्