रूसद्वारा कोरोना विरुद्धको विश्वकै पहिलो खोप दर्ता

रुसले कोरोना भाइरस विरुद्धको खोपको आधिकारिक रूपमा दर्ता गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सरकारी टेलिभिजनमार्फत् मस्कोस्थित गमालेया इन्स्टिच्युटले विकास गरेको खोप आधिकारिक रूपमा दर्ता गरिएको मङ्गलबार जानकारी दिएका हुन् ।

कोभिड-१९ विरुद्धको उक्त खोपलाई ‘मेगेमल’ नामाकरण गरिएको छ ।

याे पनि पढ्नुस  पाटन अस्पतालमा थप १ कोरोना संक्रमितको मृत्यु

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार प्रत्यक्ष प्रसारण गरिएको मन्त्रीपरिषद्को बैठकमा रुसी राष्ट्रपति पुटिनले खोप सबै आवश्यक परीक्षणबाट गुज्रिसकेको बताए ।

रुसी राष्ट्रपति पुटिनले उच्च ज्वरो मापन गरिएको आफ्नो एक छोरीमा खोप लगाइएको जानकारी दिए । खोप लगाएपछि छोरीको स्वास्थ्यमा सुधार आएको उनले बताए ।

याे पनि पढ्नुस  आज ३११ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १९ हजार नाघ्यो

रुसले विकास गर्न लागेको खोपको सुरक्षा, प्रभावकारिता र आवश्यक प्रकृया पूरारा नगरेको आरोप लागिरहँदा खोप विकास सम्बन्धी यसप्रकारको जानकारी बाहिर आएको हो ।

रुसी अधिकारीहरुले सीएनएनसँगको कुराकानीमा खोपको खर्तापछि तेस्रो चरणको परीक्षण सुरु गरिने जनाएका थिए । रुसले विकास गरेको खोप सम्बन्धी वैज्ञानिक तथ्याङ्क सार्वजनिक गरिसकेको छैन् ।

याे पनि पढ्नुस  रुसद्वारा कोरोना विरुद्धको खोपलाई स्वीकृति प्रदान, राष्ट्रपति पुटिनकी छोरीले पनि लगाइन्

क्रेमलिनको राजनीतिक दबाबका बीच रुस विश्वब्यापी वैज्ञानिक अन्वेषणको शक्ति रहेको चित्रण गर्न खोप सम्बन्धी सूचना बाहिर आएको हुनसक्ने सीएनएनको दाबी छ । एजेन्सी

कमेन्ट गर्नुहोस्