नेपालमा आज ६३८ जनामा कोरोना संक्रमण

काठमाडौं : नेपालमा मंगलबार थप ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कुल संक्रमितको संख्या २३ हजार ९ सय ४८ पुगेको छ ।

अहिले देशभर ७ हजार २ सय १ जना संक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ सय ७१ जना डिस्चार्ज भएका छन्।

याे पनि पढ्नुस  काठमाडौं उपत्यकामा आज ४२ जनामा कोरोना संक्रमण

कुल डिस्चार्ज हुनेको संख्या भने १६ हजार ६ सय ६४ पुगेको छ ।

कमेन्ट गर्नुहोस्