काठमाडौं उपत्यकामा थपिए एकैदिन १३४ कोरोना संक्रमित

काठमाडौं : काठमाडौं उपत्यकामा आज १ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यकामा यो संख्या २४ घण्टामा देखिएको अहिलसम्मकै बढी हो ।

उपत्यकामा सोमबार जम्मा ४२ जना संक्रमित थपिएकोमा मंगलबार उपत्यकमा तीन गुणाभन्दा बढी संक्रमित थपिएका हुन् ।

याे पनि पढ्नुस  उपत्यकाका थप ३ स्थानमा ट्राफिक बत्ती

आज देशभर ६ सय ३८ जनामा कोरोना पुष्टि भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभर ६३८ जनामा संक्रमण पुष्टि भएको बताए ।

पछिल्लो २४ घण्टामा १७१ संक्रमणमुक्त भएका छन् भने कुल निको हुनेको संख्या १६ हजार ६६४ पुगेको छ । हाल देशभर ७ हजार २०१ सक्रिय संक्रमित छन् भने कुल संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ ।

कमेन्ट गर्नुहोस्