गायक निशान भट्टराईले गरे विवाह

काठमाडौं : नेपाल आइडल सिजन-२ का फस्ट रनरअप भएका गायक निशान भट्टराईले विवाह गरेका छन् ।

उनले आज धुलिखेल जिल्ला अदालतमा कानुनी विवाह गरेका हुन् । प्रेमिका ऋचा न्यौपानेसँग निशानले कानुनी विवाह गरेका हुन् ।

कानुनी विवाहपश्चात उनीहरूले विवाहको प्रमाणपत्र ग्रहण गरेका थिए । पछिल्लो समयमा गायक निशान नेपाली चलचित्रको सांगीतिक आकाशमा चम्किएका छन् । उनले स्वर भरेको ‘के माया लाग्छ र’ बोलको गीत पनि अहिले सर्वाधिक चर्चामा छ ।

याे पनि पढ्नुस  बाहुनकी छोरी र बिश्वकर्माको छोराबीच भयो मागी विवाह !

निशान र ऋचा २ वर्षदेखि प्रेम सम्बन्धमा थिए । निशानको स्वरमा समावेश ‘लाउर जाने रेल’मा ऋचाले अभिनय गरेकी छिन् ।

कमेन्ट गर्नुहोस्