भारतबाट अब १० सीमा नाकाबाट मात्रै नेपाल प्रवेश गर्न पाइने

काठमाडौं : भारतबाट नेपाल प्रवेश गर्न चाहने नेपालीका लागि १० वटा सीमा नाका मात्रै खुला गरिने भएको छ ।

यसअघि १२ जेठको मन्त्रिपरिषद्का बैठकले २० वटा सीमा नाकाबाट प्रवेश अनुमति दिएकोमा अहिले घटाएर १० वटा सीमा नाका कायम गरिएको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए ।

याे पनि पढ्नुस  कोरोनाले नेपालमा एकैदिन बनायो नयाँ ३ रेकर्ड

झापाको काँडडभिट्टा, मोरङको रानी, सिरहाको मार्डर नाका, रौतहटको गौर नाका, पर्साको वीरगन्ज, रुपन्दहीको बेहलिया, कपिलवस्तुको कृष्णनर, बाँके जमुनाहा, कैलालीको गौरिफन्टा र कञ्चनपुरको गड्डाचौकी नाकाबाट मात्रै नेपाल प्रवेश गर्न दिइने निर्णय भएको प्रवक्ता खतिवडाले जानकारी दिए ।

कोरोना संक्रमणको जोखिमका कारण अन्य नाकाबाट भने नेपाल प्रवेश गर्न नदिने सरकारको निर्णय छ ।

कमेन्ट गर्नुहोस्