भारतबाट श्रम गर्न नेपाल प्रवेश गर्न नपाइने

काठमाडौं : अब भारतबाट श्रम गर्न नेपाल प्रवेश गर्न नपाइने भएको छ ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको जानकारी दिए ।

कोरोना जोखिमकै बेलामा सीमा क्षेत्रमा मानवीय आवाजावत बढ्दा संक्रमण फैलिएकाले यस्तो निर्णय गरिएको प्रवक्ता खतिवडाले बताए ।

याे पनि पढ्नुस  अब सबै श्रमिकको न्यूनतम तलब साढे १३ हजार, बैंक खातामा जम्मा नगरे कारबाही हुने

भारतसँग सीमा जोडिएको जिल्लामा बढ्दो आवाजावतले जोखिम बढेको सरकारको दाबी छ ।

कमेन्ट गर्नुहोस्