कुन-कुन जिल्लामा थपिए आज कोरोना संक्रमित? (विवरणसहित)

काठमाडौं : गएको २४ घण्टामा नेपालमा थथ ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा संक्रमितको कूल संख्या २३ हजार ९ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार काठमाडौंका ११०, ललितपुरका १६, भक्तपुरका ८ , खोटाङका १, सर्लाहीका ४१, सिरहाका १४, स्याङ्जाका १, रौतहटका २०, बाराका ३९, कपिलवस्तुका १८, धनुषाका १, रुकुमका १, सिन्धुपाल्चोकका १, सुनसरीका १, सुर्खेतका ५, रुपन्देहीका ३३ र दाङका ८ जनामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।

याे पनि पढ्नुस  रुपन्देहीमा एकै परिवारका ९ जनामा कोरोना

यस्तै, दैलेखका ३, सल्यानका २, रोल्पाका १, बागलुङका २, तनहुँका २, नवलपरासीका २, प्युठानका १७, अछामका १, अर्घाखाँचीका १, बाँकेका २९, धादिङका ११, दोलखाका १, इलामका १, जाजरकोटका १, कालिकोटका १, ओखलढुङ्गाका २, पाँचथरका १, पर्वतका २, रामेछापका १, धनकुटाका १, झापाका १० र मोरङका ४२ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

याे पनि पढ्नुस  पत्रकार गोमा परियारको कोरोना सम्बन्धी चेतनामुलक गीत सार्वजनिक (भिडियो)

मन्त्रालयका प्रवक्ता गौमतका अनुसार सुनसरीका ३२, उदयपुरका १६, धनुषाका २३, महोत्तरीका १२, सप्तरीका १३, पर्साका ७०, गोर्खाका १, नुवाकोटका ३, दाङका १, चितवनका ३, काभ्रेका ४, मकवानपुरका १, बर्दियाका १, दार्चुलाका १ र कास्कीका ५ जनाको पनि पीसीआर नतिजा पोजिटिभ आएको छ ।

याे पनि पढ्नुस  भारतबाट भागेर अत्तरिया पुगेका तीनजनामा कोरोनाको आशंका

त्यस्तै, गत २४ घण्टामा १ सय ७१ संक्रमित उपचारपछि घर फर्किएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या १६ हजार ६ सय ६४ पुगेको छ ।

कमेन्ट गर्नुहोस्