लगानी बोर्डमा भट्टलाई नियुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश

काठमाडौं : लगानी बोर्डको प्रमुख कार्यकारी पदमा सुशील भट्टलाई नियुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश गरेको छ ।

उक्त अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीको एक इजलसबाट सो आदेश भएको प्रवक्ता शम्भुप्रसाद रेग्मीले बताए ।

आदेशमा ३२ साउनमा दुबै पक्षलाई छलफलमा बोलाउने तथा सो क्रममा एम्युकस क्युरीका रूपमा २ जना कानुन व्यवसायीलाई पठाइ दिन उच्च अदालत बारलाई आग्रह गर्ने पनि आदेश भएको उनले बताए ।

कमेन्ट गर्नुहोस्