फेरि रेस्टुरेन्टमा बसेर खान नपाइने

काठमाडौं : कोरोना संक्रमित बढेपछि फेरि सरकारले रेष्टुरेन्ट तथा खाजाघरमा बसेर खानेकुरा खान नपाइने निर्णय गरेको छ ।

साना-ठूला रेष्टुरेन्ट र खाजाघरमा खाजाघरमा सुरक्षा मापदण्ड नअपनाइएको र भीडभाड हुने गरेको पाइएको भन्दै सरकारले त्यस्ता रेस्टुरेन्ट र खाजाघरलाई टेक अवे सेवा मात्र दिने निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए ।

याे पनि पढ्नुस  रेस्टुरेन्ट खुला, होटल र नाइट क्लब बन्द गर्ने निर्णय

अब होटेलस्थित रेष्टुरेन्ट र खाजा घरहरूले समेत मानिसलाई राखेर सेवा दिन पाउने छैनन् । सरकारले स्थानीय प्रशासनमार्फत यसको अनुमगन गर्ने र अटेरी गर्नेमाथि कारवाही गर्नेछ ।

सोमबारको मन्त्रिपरिषद बैठकको निर्णयपछि ठूला होटल पनि थप १५ दिन बन्द अवस्थामा नै रहनेछन् । किनभने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान भदौ १६ गतेसम्म बन्द हुने छन् ।

कमेन्ट गर्नुहोस्