अन्ततः ९ महिनापछि अगस्टमा नेपाल-भारतबीच सचिवस्तरीय वार्ता हुने

काठमाडौं : सीमा विवादका विषयमा नेपाल र भारतका प्रतिनिधिबीच भेटवार्ता हुने भएको छ । दुबै देशका प्रतिनिधिबीच ९ महिनापछि १६ अगस्टमा काठमाडौंमा भेटवार्ता हुने भएको हो ।

भारतीय पत्रिका दैनिक भास्करको अनलाइन संस्करणका अनुसार वार्तामा नेपालको तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव शंकर दास बैरागी र भारतको तर्फबाट नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा नेतृत्वको टोली सहभागी हुनेछ ।

याे पनि पढ्नुस  मन्त्री भट्टराई र अष्ट्रेलियन राजदूत वडबीच भेटवार्ता

दुबै देशबीच आठौँ पटक भेटवार्ता

२०१६ मा तत्कालिन प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणमा दुई देशबीच देखिएका समस्या समाधानका लागि कुरा गरेका थिए ।

१६ अगस्टमा फेरि नेपाल र भारतीय पक्षबीच पछिल्लो पटक देखिएका समस्याका विषयमा वार्ता गर्ने तयारी भइरहेको छ ।

याे पनि पढ्नुस  वरिष्ठ नेता खनाल र अमेरिकी राजदूतबीच भेटवार्ता

अहिले नेपाल-भारतबीच सीमा अतिक्रमण र अयोध्याको विषयमा समस्या देखिएको छ । केही हप्ताअघि प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्म नेपालमा भएको अभिव्यक्ति दिएपछि यो विषयले चर्चा पाएको छ ।

कमेन्ट गर्नुहोस्