रामवृक्ष यादव दिवस यो वर्ष फरक शैलीमा मनाइने

जनकपुर  : शहिद रामवृक्ष यादव दिवस यस वर्ष नेकपाले फरक शैलीमा मनाउने भएको छ ।

कोरोना महामारी र प्रदेश नम्बर २ का प्रायः सबै जिल्लामा निषेधाज्ञाको स्थिति रहेकाले विगत झैँ भव्यतापूर्वक कार्यक्रम नमिल्ने भन्दै नेकपा प्रदेश कमिटीले यसवर्ष हरेक पालिकामा विविध कार्यक्रम गरी स्मृति दिवस मनाउने भएको हो ।

याे पनि पढ्नुस  प्रचण्डले भने, ‘यो सरकार ५ वर्षसम्म फेरिन्न’

मंगलबार नेकपा प्रदेश अध्यक्ष प्रभु साह र सचिव सुमन प्याकुरेलद्वारा संयूक्त हस्ताक्षरित विज्ञप्ति अनुसार शहिद रामवृक्ष स्मृति दिवस भदौँ २ गते हरेक पालिकामा वृक्षारोपण गर्ने, सम्पूर्ण पार्टी कार्यालयहरुमा रामवृक्ष यादवको फोटो राखि माल्यार्पण गर्ने र सामाजिक सञ्जालमार्फत व्यक्तित्व र योगदानबारे भिडियो कन्फेरेन्स गरेर मनाउने जनाएको छ ।

याे पनि पढ्नुस  सहिद रामवृक्ष यादवको तस्बिरमा प्रचण्डद्वारा माल्यार्पण

भदौ २ गते हुने कार्यक्रमका लागि स्थानीय प्रशासनको समन्वयमा प्रभावकारी ढंगले गर्न गराउन सबैमा जानकारी समेत सो विज्ञप्तिमार्फत गरेको छ ।

रामवृक्ष यादव तत्कालिन नेकपा माओवादीका प्रभावशाली नेता हुन् । उनलाई जनयुद्ध आरम्भताका नै तत्कालिन शाही सेना र प्रहरीले योजनाबद्ध ढंगले हत्या गरेको आरोप छ ।

याे पनि पढ्नुस  कुटीकुटी मारिएका रामवृक्ष यादवलाई सम्झिदै नेकपा, वैद्य र विप्लवकाे पनि कार्यक्रम

कमेन्ट गर्नुहोस्