चर्चित उर्दु कवि राहत इन्दौरीको निधन

काठमाडौं : भारतीय प्रख्यात शायर एवं गीतकार राहत इन्दौरीको कोरोना भाइरस (कोभिड-१९) कारण निधन भएको छ ।

संक्रमण पुष्टि भएपछि उनी भारतको इन्दौरस्थित अरबिन्द अस्पतालमा भर्ना भएका थिए ।

कोरोना संक्रमण भएपछि इन्दौरीलाई सास फेर्न गाह्रो भएको थियो। उपचारका लागि अस्पताल भर्ना गरिएकोमा अचानक हृदयघात भएपछि उनले ज्यान गुमाएका हुन् ।

याे पनि पढ्नुस  सुरक्षा अपनाएर गौरा पर्व मनाउन राष्ट्रपतिको आग्रह

चिकित्सकहरुका अनुसार उनमा ६० प्रतिशत निमोनिया देखिएको थियो । इन्दौरीले आज बिहान मात्रै ट्वीटरमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका थिए ।

सोही ट्वीटर एकाउन्टमार्फत उनको मृत्युको जानकारी दिइएको छ । इन्दौरी एक गम्भीर शायरका साथसाथै भारतका युवा पिंढीमाझसमेत निकै भिजेका सर्जक थिए ।

याे पनि पढ्नुस  कोरोना रोकथाम र नियन्त्रणका लागि ६ अर्व विनियोजन

इन्दौरीको कोइ जाए तो ले आए, निद चुराई मेरी तुमने ओ सनम र मुन्ना भाई एमबीबीएसजस्ता गीत निकै चर्चित छन् । भारतका कलाकार र राजनीतिज्ञहरूले इन्दौरीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

कमेन्ट गर्नुहोस्