भदौ १६ देखि विद्यार्थी भर्ना र परीक्षा सञ्चालन

काठमाडौं : कोरोना भाइरसका कारण स्थगित परीक्षा भदौ १६ बाट सञ्चालन गरिने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सूचना, सञ्चार तथा प्रविधि मन्त्री डा. युवराज खतिवडाले ‘विद्यार्थी भर्ना, शैक्षिक र अन्य परीक्षा सञ्चालन’ १६ गतेबाट गर्न दिने जानकारी दिए ।

याे पनि पढ्नुस  काठमाडौं‌मा ‘लकडाउन’ खुकुलो नगर्न सिफारिस, केही जिल्लामा भने खुकुलो गरिने

जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गरी परीक्षा सञ्चालन र विद्यार्थी भर्ना गर्न दिने निर्णय गरेको प्रवक्ता खतिवडाले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले भने भदौ मसान्तसम्म विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न नदिने सिफारिस गरेको थियो ।

याे पनि पढ्नुस  चैत ५ गतेभित्र कक्षा १ देखि ९ सम्मको परीक्षा लिन शिक्षा मन्‍त्रालयको निर्देशन

५ साउनमा सरकारले १ भदौबाटै परीक्षा सञ्चालन र विद्यार्थी भर्ना गर्न दिने निर्णय गरेको थियो । सरकारको यो निर्णयपछि कतिपय विश्वविद्यालयहरूले भदौ दोस्रो हप्ताबाट परीक्षा सञ्चालनको तयारी गरेका थिए ।

कमेन्ट गर्नुहोस्