धादिङका एसपीलाई कोरोना संक्रमण

काठमाडौंः जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रहरी स्रोतका अनुसार एसपी रेग्मीलाई मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो ।

साउन २५ गते एसपीको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो । परीक्षणपछि मंगलबार आएको रिपोर्टमा एसपी रेग्मीलाई कोरोना पोजेटिभ देखिएको स्रोतले जनाएको छ ।

याे पनि पढ्नुस  धादिङमा पृथ्वी राजमार्गको पुल भत्कियो

एसपी रेग्मीलाई कोरोना पोजेटिभ देखिएपछि जिल्ला प्रहरी कार्यालय सिल गर्ने र अन्य प्रहरीहरुको पनि स्वाब लिएर परीक्षणको लागि पठाउने तयारी भइरहेको छ ।

कमेन्ट गर्नुहोस्