पाल्पामा जिप दुर्घटना : २ को मृत्यु, ७ जना घाइते

पाल्पा : पाल्पाको निस्दीमा मङ्गलबार बेलुकी जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

निस्दीको ज्यामिरेबाट गल्धातर्फ जाँदै गरेको लु. १ ज. २८८७ नम्बरको जिप गल्धाको पटकसर नजिकै दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।

जिप दुर्घटनामा परी निस्दी गाउँपालिका–५, गल्धा गाँवुडाँडाका ६३ वर्षीय ठकुरप्रसाद फाल र निस्दी-४, मित्याल काफलका तीन महिने नाम नखुलेका बालकको घटना स्थलमै मृत्यु भएको हो ।

याे पनि पढ्नुस  बझाङमा जिप दुर्घटना, एक महिला गम्भीर घाइते

निस्दी रुक्सेभन्ज्याङ प्रहरी चौकी मित्यालका प्रहरी हवल्दार मनिराम यादवका अनुसार दुर्घटनामा परी ७ जना घाइते भएका छन् । घाइते हुनेहरूमा निस्दी-५, गल्धाका ३८ वर्षीया सुमित्रा सारु, ३६ वर्षीया सेरमती सारु, २० वर्षीया लक्ष्मी सारु र ३७ वर्षीया तिलकुमारी सारु ररहेका छन् ।

याे पनि पढ्नुस  पाल्पामा २ गाडी एकै ठाउँमा दुर्घटना

त्यस्तै निस्दी–४, मित्याल झ्यालतुङका २५ वर्षीया सृजना गाहा र निस्दी मित्यालकै, २२ वर्षीया विष्णुमाया सारु घाइते भएका प्रहरीले जनाएको छ । घाइतेहरूको उद्दार गरेर उपचारका लागि तानसेनस्थित मिसन अस्पतालमा पठाइएको प्रहरी हवल्दार यादवले जानकारी दिए ।

सडक भाँसिएर जीप दुर्घटनामा परेको निस्दी-४, का वडा सदस्य रनबहादुर गाहाले जानकारी दिए । जिप सडकदेखि करिब सात सय मिटर तल खसेको छ ।

याे पनि पढ्नुस  सल्यान जाँदै गरेको जिप दुर्घटना हुँदा १ को मृत्यु, ५ घाइते

दुर्घटनापछि चालक र सह-चालक भने फरार रहेका छन् । जिपमा सवारी चालक सहित १० जना सवार रहेको प्रहरीले जनाएको छ । (फाइल तस्बिर)

कमेन्ट गर्नुहोस्