काठमाडौंमा कोरोनाको नयाँ रेकर्ड

काठमाडौंः काठमाडौं उपत्यकामा कोरोनाले नयाँ रेकर्ड कायम गरेको छ । एकैदिन हालसम्मकै बढी संक्रमित थपिँदै उपत्यकामा कोरोनाले नयाँ रेकर्ड कायम गरेको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार काठमाडौंका ११०, ललितपुरका १६ र भक्तपुरका आठ गरि उपत्यकामा सर्वाधिक १३४ सङ्क्रमित फेला परेका छन् । योसँगै उपत्यकामा संक्रमितको संख्या १३ सय १३ पुगेको छ ।

याे पनि पढ्नुस  सिरहा कारागारका ५९ जना कैदीमा कोरोना पुष्टि

लकडाउन खुकुलो भएलगत्तै उपत्यका भित्रिनेहरूको बढ्नु, सार्वजनिक यातायातको संचालनलगायतका कारणले उपत्यकामा संक्रमितको संख्या तीव्र रुपमा वृद्धि भइरहेको छ ।

काठमाडौं उपत्यका कोरोना भाइरसको उच्च जोखिम अर्थात् ‘रेडजोन’मा परेको छ । चिकित्सकहरूले पनि उपत्यका कोरोनाको ‘हट स्पट’ बन्दै गएको बताएका छन् ।

याे पनि पढ्नुस  खतराको संकेतः अमेरिकी परमाणु हतियार स्थल र सैन्य केन्द्रमा फैलियो कोरोना, ३ हजार सैनिक संक्रमित

उपत्यका रेडजोनमा परे पनि यहाँका बासिन्दाले कोरोनाबाट जोगिने न्यूनतम मापदण्डसमेत पालना नगरेको एक अध्ययनले देखाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययन अनुसार २८ प्रतिशत काठमाडौंवासी मास्क पनि लगाउँदैनन्, मास्क लगाउनेमध्ये पनि २७ प्रतिशतले नाकमुनि, चिउँडो, घाँटीमा झुन्ड्याउने गरेका छन् ।

याे पनि पढ्नुस  कोरोनाः औषधिजन्य सामाग्री ल्याउन वाइडबडी चीन जाँदै

संक्रमण बढेको भन्दै गृह मन्त्रालयले उपत्यकामा तीनवटै जिल्लामा सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गरेको छ । राति ७ बजेदेखि बिहान ७ बजेसम्म उपत्यका प्रवेशका रोक लगाइएको छ । उपत्यकाका विभिन्न क्षेत्र सिल गरिएका छन् भने आइतबारदेखि सटलकडाउन लागू भएको छ ।

कमेन्ट गर्नुहोस्