सप्तरीमा थप १ संक्रमितको मृत्यु

सप्तरीः कोरोना भाइरस संक्रमणका कारण सप्तरीमा थप एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा डाक्नेश्वरी नगरपालिका–८ घर भई राजविराज बस्दै आएका ८० वर्षीय वृद्वको रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार उनको मंगलबार राति मृत्यु भएको हो ।

याे पनि पढ्नुस  सुदूरपश्चिम सरकारद्वारा कोरोना नियन्त्रणका लागि स्थानीय तहलाई ३ करोड दिने निर्णय

मुटु, थाइराइड, सुगर, उच्च रक्तचापबाट पीडित वृद्धको मंगलबार राति कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएपछि आइसोलेसनमा ल्याउन एम्बुलेन्स पुगेको थियो । एम्बुलेन्समा चढेलगत्तै उनको मृत्यु भएको हो ।

योसँगै सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

कमेन्ट गर्नुहोस्