डोटीमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ३४ जना घाइते

तस्बिरः केदारनाथ पाण्डेको फेसबुकबाट ।

डोटीः डोटीको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ।

मृत्यु हुनेमा चौरपाटी गाउँपालिका–७ मार्कुका ३० वर्षका टिकाराम बिक, मंगलसेन नगरपालिका–७ अछामका ५५ वर्षीया धनी शाही तथा बान्नीगढ जयगढ गाउँपालिका–३ अछामका ६० वर्षीय पदम साउँद रहेकाे जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले जानकारी दिए ।

याे पनि पढ्नुस  आक्रमणपछि तस्करमाथि प्रहरीले चलायो सीमामा गोली

भारतबाट फर्किएकाहरूलाई लिएर कैलालीबाट अछामका लागि छुटेको ना ६ ख २५२९ नम्बरको बस चिप्लो सडकका कारण दुर्घटना भएको हो ।

दुर्घटनामा ३४ जना घाइते भएका छन् । घाइतेहरूमध्ये १२ जना गम्भीर भएका छन् ।

कमेन्ट गर्नुहोस्