मृत्युको साता दिनपछि कोरोना पुष्टिः हजार मलामी तनाब र त्रासमा

सिन्धुपाल्चोकः बाह्रबिसे नगरपालिका–४ पलाँती निवासी पूर्वमन्त्री मोहनबहादुर बस्नेतका ८४ वर्षीय पिता खड्गबहादुर बस्नेतको मृत्यु भएको साता दिन पछि कोरोना संक्रमण भएको पुष्टिले जिल्लामा त्रास फैलिएको छ ।

२३ गते काठमाडौंमा मृत्यु भएका बस्नेतका पिताको शव अन्तिम संस्कारका लागि बाह्रबिसे ल्याइएको थियो । काठमाडौंको टिचिङ अस्पतालले मंगलबार मात्रै बस्नेतमा कोरोना संक्रमण भएको पुष्टि गरेपछि बाह्रबिसेमा बस्नेतको मलामीमा सहभागी भएका करिब १ हजार मलामीमा तनाव र त्रास फैलिएको छ ।

याे पनि पढ्नुस  यी हुन् काठमाडौंमा सिल गरिएका क्षेत्र (सूचीसहित)

अस्पतालको जानकारी लगत्तै बाह्रबिसे–४ सिल गरिएको बाह्रबिसे नगरपालिकाले जनाएको छ । मृतक बस्नेतको कन्ट्रयाक ट्रेसिङमा रहेकाहरूको स्वाब संकलन गर्ने तयारी भइरहेकोे स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले बताएको छ ।

कमेन्ट गर्नुहोस्