जनकपुरका पूर्वमेयर गिरीको कोरोना सङ्क्रमणबाट मृत्यु

काठमाडौंः जनकपुरधामका पूर्व नगरप्रमुख कृष्ण गिरीको मृत्यु भएको छ । ललितपुरस्थिति मेडिसिटी अस्पतालमा उपचाररत गिरीको मंगलबार राति मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

जनकपुरधामस्थित होटेल रामाका सञ्चालकसमेत रहेका ७२ वर्षीय गिरीलाई मस्तिष्कघात भएपछि साउन ९ गते मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । जनकपुरधाम–२, मिल्स एरिया निवासी थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो ।

याे पनि पढ्नुस  ब्राजिलमा कोरोना भाइरसबाट हुने मृत्युदरमा वृद्धि

परिवारका सदस्य अनुराग गिरीका अनुसार उपचारकै क्रममा राति मृत्यु भएको र शव व्यवस्थापनको लागि नेपाली सेनाले तयारी गर्दैछ । उपचारकै क्रममा उनमा कोरोना सङ्क्रमणको पुष्टि भएको बताइएको छ ।

उनका श्रीमती र दुई छोरा छन् । विक्रम सम्वनत् २०४४/४५ मा जनकपुरधाम नगरपालिकाको मेयरमा निर्वाचित उनी पञ्चायत कालका अन्तिम मेयर हुन् ।

याे पनि पढ्नुस  चन्द्रागिरिमा ट्रक दुर्घटना, २ जनाको मृत्यु

अष्ट्रेलिया र बेलायतमा रहेका गिरीका दुवै छोरा एक साताअघि मात्रै नेपाल आएका थिए । वि.सं. २००५ साल साउन २७ गते जन्मिएका गिरीको ७२ वर्ष पूरा भएकै दिन निधन भएको हो ।

आज बिहानै नेपालमा कोरोनाबाट थप ५ जनाको मृत्यु

कमेन्ट गर्नुहोस्