जात्रा र पर्व मनाउँदा सामाजिक दूरी कायम गरौंः मुख्यमन्त्री पोखरेल

रुपन्देहीः प्रदेश नं ५ सरकारका मुख्यमन्त्री शङ्कर पोखरेलले कुनैपनि जात्रा र पर्व मनाउँदा सामाजिक दूरी कायम गर्न आग्रह गरेका छन् ।

विजयोत्सवको रुपमा मनाइँदै आएको पाल्पाको रणउजीरेश्वरी भगवती जात्राका अवसरमा आज शुभकामना दिंदै उनले भगवती जात्रा मनाउँदा यस वर्ष विगतमा भन्दा फरक ढङ्गले सामाजिक दूरी कायम गरी मनाउन अपिल गरे ।

याे पनि पढ्नुस  कोरोना रोक्न भारत सरकार असफल, शुक्रबार आजसम्मकै बढी ५७ हजार संक्रमित

‘जात्रा र पर्व मनाउँदा सामाजिक दूरी कायम गरी मनाऔं, आफू पनि जोगिऔं, अरुलाई पनि जोगाऔं । कोरोनाविरुद्धको अभियानलाई सार्थक बनाऔं’, शुभकामना सन्देशमा भनिएको छ, ‘कोभिड—१९ को महामारीलाई जितेपछि भगवती जात्रालाई हामीले विगतमा झै ठूलो जनसहभागितामा भव्य ढङ्गले मनाउने नै छौँ ।’

याे पनि पढ्नुस  कोरोना संक्रमणबाट पूर्वन्यायाधीश चालिसेको मृत्यु

यस वर्षदेखि प्रदेश सरकारले भगवती जात्राको दिन पाल्पामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

कमेन्ट गर्नुहोस्