यूएईमा नेपाली कुटपिट प्रकरण : दूतावासले लेख्यो गृहसहित श्रम र परराष्ट्रलाई पत्र

यूएई : गत शुक्रबार युएईको दुबईमा दलालबाट मरणासन्न हुने गरी कुटपिटमा परेका २ जना नेपालीलाई न्याय सहित कुटपिटमा संलग्न सबैलाई कारबाहीको दायरा ल्याउन यहाँस्थित नेपाली दूतावासले पत्राचार गरेको छ ।

काठमाडौको चक्रपथमास्थित तीनजुरे ईम्प्लोइमेन्ट सर्भिसेज प्रालिकी जनसम्पर्क अधिकृत सिर्जना अधिकारी, सन्तोष थापा र दुबई बस्ने श्याम थापाले ६३ जना नेपालीहरुलाई बेलायत लैजाने भन्दै गत २७ नोभेम्बर २०१९ मा यूएई ल्याएका थिए ।

जनही ९ लाख रुपैयाँ बुझाएर भिजिट भिसामा युएई ल्याइ नौ महिना सम्म अलपत्रमा परेका दुई नेपालीहरु गत शुक्रबार मेनपावरका दुबई दलाल श्याम थापाको नेतृत्वमा कुटिएका थिए ।

याे पनि पढ्नुस  नेवाः पुचः युएईद्वारा खुल्ला भलिबल प्रतियोगिताको आयोजना

युएईमा नक्कली कम्पनी खोलेर नक्कली भिसा देखाउदै नेपालीहरुको तस्करी गर्दै आएका श्याम थापाले गैर आवासीय नेपाली संघ (एनआरएनए) दुबई क्षेत्रका अध्यक्ष भीम मल्ल र उपाध्यक्ष निराजन खत्री(एरिक)को उपस्थितिमा शुक्रबार रामेछापका टिकाराम बोहोरा र रामेछापकै मनोहर केसीलाई नेपाल फर्कने टिकट र पासपोर्ट दिने भन्दै वर दुबईमा बोलाएर स्थानीय बारमा काम गर्ने बाउन्सर राजिन बिस्वकर्मा र केदारमान श्रेष्ठ सहितका ब्यक्तिहरुको सहयोगमा कुटपिट गरेको पीडितहरुले बताएका छन् ।

यता गैर आवासीय नेपाली संघ एनआरएनए युएईले गत आइतबार एक विज्ञप्ति जारी गर्दै दुबई क्षेत्रीय समिति अध्यक्ष भीम मल्ल र उपाध्यक्ष निराजन खत्री (एरिक) उक्त घटनामा संलग्न नरहेको बरु उल्टै श्याम थापासँग पासपोर्ट जफत गरी पीडितहरुलाई सहयोग गरेको उल्लेख छ ।

याे पनि पढ्नुस  युएईमा पनि मनाइयो दसैं, मुस्लिमलेसमेत टीका लगाए

एनआरएन युएईकै केन्द्रिय अध्यक्ष प्रकाश कोइरालाले भने आफुलाइ जानकारी नै नगराइ मनोमानी रूपमा बिज्ञप्ति निकालेर सस्थाको लेटरहेडको दुरुपयोग भएको भन्दै सम्पूर्ण घटनाबारे छानबिन गर्न समिति नै गठन गरेको र घटनामा जो कसैको संलग्नता देखिए पनि कारबाहीको लागि पहल गर्ने बताएका छन् ।

दलाल बाट आफुहरु कुटपिटमा परेको भन्दै पीडितले गत मंग्लवार नेपाली दूतावासलाई लिखित निवेदन पेश गरेपछि घटना बारे आफ्नो ध्यानाकर्षण भएको जनाउदै दूतावासले युएईस्थित सम्बन्धित निकाए, नेपालमा परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय, श्रम मन्त्रालय र वैदेशिक रोजगार प्रवर्द्धन बोडलाई बुधबार पत्राचार गरेको जानकारी दिएको छ।

याे पनि पढ्नुस  एनआरएन स्वास्थ्य समितिद्वारा मध्यपूर्वमा काउन्सिलिंग सेवा दिने तयारी

पत्रमा पीडितहरुले दूतावासलाई दिएको प्रमाण र निवेदन अनुसार विभिन्न समयमा नेपाल बाट प्रलोभन देखाउदै मोटो रकम असुल गरेर यूएईमा ल्याइ अलपत्र पार्ने मानव तस्करीको गिरोह तिनका एजेन्टहरु लाइ आवश्यक कारबाही गर्न माग गरिएको दूतावास स्रोतले जानकारी दिएको छ।

यता युएई स्थित सम्बन्धित निकाएले घटना बारे अनुसंधान सुरु गरिसकेको हुँदा चाडै नै दोषीलाइ कानुन अनुसार कारबाही हुने स्रोतको भनाइ छ ।

कमेन्ट गर्नुहोस्