कञ्चनपुर सीमा अतिक्रमणबारे संसदीय समितिले गर्‍यो गम्भीर निर्णय, गृहमन्त्रीले दिए निर्देशन

काठमाडौं : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेपाल-भारत सीमा भएर आवतजावत गर्ने व्यक्तिहरूको अभिलेख राख्ने कामको सुरुवात भएको बताएका छन् ।

कोरोना भाइरस (कोभिड- १९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि २ देशबीच भएको आवतजावतको विवरण लिइरहेको र आगामी दिनमा त्यसलाई स्थायी रूपमा विकास गर्ने तयारी भएको गृहमन्त्री थापाले संसदीय समितिलाई जानकारी दिएका छन् ।

याे पनि पढ्नुस  मानव अधिकारको संरक्षण गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री थापा

नेपाल-भारतको सीमा खुला छ । २ देशबीच हुने आवतजावतको विवरण कोरोना संक्रमण फैलिनु अघिसम्म नेपालले राख्ने गरेको थिएन । तर, सरकारले आगामी दिनमा सीमामा हुने आवतजावतको विवरण राखिने र परिचयपत्रका आरधामा मात्रै सीमा आरपार गर्न दिनेतर्फ सरकार अगाडि बढ्ने सरकारले जानकारी दिएको हो ।

याे पनि पढ्नुस  थापाद्वारा कारागारमा आत्मसमर्पण

संघीय संसद प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा गृहमन्त्री थापाले सीमामा आवतजावत गर्नेको अभिलेख संकलन भइरहेको र आगामी दिनमा त्यसलाई निरन्तरता दिइनेबारे सरकारले तयारी गरिराखेको बताए ।

गृहमन्त्री थापाले भारतसँगको सीमा समस्या समाधान नहुनुको कारण उसको अतिक्रमणकारी चिन्तन र नीति दोषी रहेको बताएका छन् ।

याे पनि पढ्नुस  नेपालीलाई छिटोभन्दा छिटो सुखी र खुशी बनाउन चाहन्छौंः गृहमन्त्री थापा

विगतमा सीमा निर्धारण गर्ने सिद्धान्तका साथै भारतको अतिक्रमणकारी नीतिले सीमामा सधै विवाद उत्पन्न हुने गरेको उनको भनाइ थियो ।

कमेन्ट गर्नुहोस्