सरकारले भन्यो : व्यवसायीले आफ्नै खर्चमा पीसीआर परीक्षण गर्नू

काठमाडौं : सरकारले सपिङ मल, रेस्टुरेन्ट, होटल आदि व्यवसायमा संलग्न व्यवसायी तथा कर्मचारीलाई कोरोना परीक्षण गराउन आह्वान गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना निकालेर धेरैको सम्पर्कमा आउने त्यस्ता व्यवसायीले आफ्नै खर्चमा व्यवसायमा संलग्नको कोरोना परीक्षण गर्न तथा गराउन आह्वान गरेको हो ।

याे पनि पढ्नुस  ३० सेकेन्डमै कोरोना परीक्षण !

यस्तै, मन्त्रालयले अग्रपङ्क्तिमा रहेर काम गर्ने सबै स्वास्थ्यकर्मीको अनिवार्य पीसीआर परीक्षण गरेर मात्र काममा लगाउन सबै अस्पताललाई निर्देशन दिएको मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीले जानकारी दिए ।

पछिल्ला दिन काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमित भेटिने क्रम बढेको छ । उपत्यकामा समुदायस्तरमै कोरोना सङ्क्रमित भेटिने क्रम बढेपछि विज्ञहरुले थप सचेतता अपनाउनुपर्नेमा जोड दिइरहेका छन् ।

याे पनि पढ्नुस  पीसीआर परीक्षणलाई तीव्रता दिन आग्रह

बाक्लो बस्ती, आर्थिक क्रियाकलाप तथा जोखिम वर्ग धेरै भएकोले यहाँ कोरोनाको महामारी चर्को हुने भएकाले अहिले नै नियन्त्रणका लागि थप पहल आवश्यक रहेको विज्ञहरूको भनाइ छ ।

कमेन्ट गर्नुहोस्