नेपालमा आज कोरोनाबाट अहिलेसम्मकै धेरै संक्रमित मृत्यु

काठमाडौं : कोरोनाबाट आज एकैदिन १० जना संक्रमितको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट एकैदिन मृत्यु हुने यो संख्या अहिलसम्मकै बढी हो ।

गएको सोमबार जनकपुरको रामजानकी अस्पतालमा उपचारका क्रममा मृत्यु भएका महोत्तरीको मटिहानी नगरपालिका ६ का ५२ वर्षीय पुरुष र मङ्गलबार दिउँसो वीरगञ्ज महानगरपालिका १६ को सडकमा मृत भेटिएका बाराको विश्रामपुर ५ का ३८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएसँगै २४ घण्टामा मृत्यु हुनेको सङ्ख्या १० पुगेको हो ।

याे पनि पढ्नुस  अल कायदा नेता कासिमको मृत्यु भएको घोषणा

योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ९२ जना पुगेको छ । यसअघि काठमाडौंको किस्ट अस्पतालमा उपचारको क्रममा काठमाडौंको टेकुकी ७८ वर्षीया महिला र बाराको कलैयाका ७५ वर्षीय पुरुषको मृत्यु भएको थियो ।

यस्तै, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धनुषाको जनकपुरकी ३८ वर्षीया महिला र मेडिसिटी अस्पतालमा जनकपुरकै ७२ वर्षीय पुरुषको पनि उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

याे पनि पढ्नुस  ट्रम्प र विश्वले अपनाएको मोडेललाई चुनौती दिँदै स्वीडेनः लकडाउन बिना नै कोरानाविरुद्ध लड्दै

धादिङको नीलकण्ठ नगरपालिका १४ को धुँवाकोटका ३२ वर्षीय पुरुषको ह्याम्स अस्पतालमा मृत्यु भएको छ ।

यस्तै, कोरोना विशेष अस्पताल बुटवलमा उपचारको क्रममा कपिलवस्तु नगरपालिका-२ को तौलिहवाका ४२ वर्षीय पुरुष र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मोरङको बूढीगङ्गा गाउँपालिका २ का ५५ वर्षीय पुरुषको पनि मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

याे पनि पढ्नुस  बिहानै थपिए ९२ कोरोना संक्रमित

यस्तै, सप्तरीको डाक्नेश्वरी-८ घर भइ राजविराज-६ मा बस्ने ७२ वर्षीय पुरुषको आइसोलेसनमा लैजाने क्रममा एम्बुलेन्समै मृ’त्यु भएको छ ।

कमेन्ट गर्नुहोस्