बिहीबारदेखि सवारी पास बन्द गर्ने निर्णय

काठमाडौं : कोरोना संक्रमित बढेपछि गृह मन्त्रालयले सवारी पास बन्द गर्ने निर्णय गरेको छ । गृहले सबै जिल्ला प्रशासनलाई भोलिदेखि सबै प्रकारका पास वितरण नगर्न निर्देशनसमेत दिएको छ ।

मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई पत्र काट्दै पास वितरण बन्द गर्न निर्देशन दिएको हो ।

याे पनि पढ्नुस  घर वा कोठा भाडामा दिने र लिने दुबैले प्रहरीलाई जानकारी दिनुपर्ने !

यसअघि जिल्ला प्रशासन कार्यालयहरुले अन्तरजिल्ला सवारी पास जारी गर्दै आएका थिए ।

मन्त्रालयले सवारी पासको दूरुपयोग गरेर मानिसहरुको आवातजावत बढेको र कोरोना संक्रमण पनि बढेका भन्दै यस्तो निर्णय गरेको हो ।

कमेन्ट गर्नुहोस्