मुगुमा जिप दुर्घटना : १ को मृत्यु, १० जना घाइते

मुगु : जिल्ला सदरमुकाम गमगढीबाट जिल्लाकै सोरू गाउँपालिकास्थित तारापानीतर्फ जाँदै गरेको बोलेरो जीप आज दुर्घटना हुँदा गाडीमा सवार १ जना यात्रुको मृत्यु हुनाका साथैै १० जना घाइते भएका छन् ।

सोरू गाउँपालिकातर्फ जाँदै गर्दा छायाँनाथ रारा नगरपालिका-३ निगाले गाउँ नजीकै (साधेपानी भन्ने स्थानमा) क१ज ३२ नंको बलेरो जीप सडकबाट १०० मिटर तल खसेको थियो ।

याे पनि पढ्नुस  विप्लव कार्यकर्ताद्वारा प्रशासकीय अधिकृतमाथि कुटपिट

छायाँनाथ रारा नगरपालिका-१३ रुगा गाउँका १८ वर्षीय धर्म लावडको घटनास्थलमै मृत्यु भएको हो । घाइतेमा जुम्ला सिञ्जा गाउँपालिका घर भई हाल कोहलपुर सोतयामा बस्दै आएका चालक खेमराज हमाल, सोरु गाउँपालिका-८ रुमका सिद्ध रावल, विर्षना रावल र टेकराज रावल, सोही गाउँपालिका-५ नेरका सुरेश शाही, राजबहादुर शाही, वडा नं ९ कालैका रघु विटालु, भक्त लावड, वडा नं ३ कमलराज बुमी र वडा नं ७ ख्यालचका रुपलाल बुढा रहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले जानकारी गराउनुभयो ।

याे पनि पढ्नुस  बझाङमा जिप दुर्घटनाः गाउँपालिका उपाध्यक्षसहित १० घाइते

घाइतेहरुको हाल जिल्ला अस्पताल मुगुमा उपचार भइरहेको छ भने सोरू गाउँपालिका-५ का ६२ वर्षीय राजबहादुर शाही र वडा नं ७ का रुपलाल बुढाको अवस्था गम्भीर भएकाले जिल्ला बाहिरका सुविधा सम्पन्न अस्पतालमा उपचार गर्नका लागि रिफर गरिएको जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुका प्रमुख डाक्टर निर्मल नगरकोटीले बताए । (फाइल तस्बिर)

कमेन्ट गर्नुहोस्