बुटवलमा आजदेखि फेरि लकडाउन

बुटवलः कोराना सङ्क्रमणले समुदायस्तरमा समेत उच्च जोखिम बढाएपछि बुटवलमा आजदेखि लकडाउन लागू हुने भएको छ ।

बुटवलस्थित कोरोना अस्पतालमा उपचाररत दुई जनाको मृत्यु भएकै दिन बुटवल उपमहानगरपालिकाले एक साताका लागि लकडाउन गर्न लागिएको हो । प्रकोप व्यवस्थापन समिति बुटवलको बुधबार बसेको आकस्मिक बैठकले बिहीबार रातिदेखि बुटवलमा कडाइका साथ लकडाउन गर्ने निर्णय गरेको हो ।

याे पनि पढ्नुस  आज ४६३ जनामा कोरोना पुष्टि, डिस्चार्ज हुनेको संख्या ३ हजार नाघ्यो

उपमहानगरप्रमुख शिवराज सुवेदीले जोखिम न्यूनीकरणका लागि यस्तो निर्णय गरिएको बताए । उनले सङ्घीय सरकारको मापदण्ड तथा जिल्ला प्रशासनको परामर्श र सहकार्यसँगै यस्तो निर्णय गरिएको बताए । उनले आकस्मिक आउजाउ गर्न बाहिर जान र बुटवल आउनका लागि बिहीबार राति १२ बजेसम्म समय दिइएको बताए ।

याे पनि पढ्नुस  कोरोनालाई बिदा गर्दै चीन, के छ पछिल्लो अवस्था ?

लकडाउनमा अत्यावश्यकबाहेक अरु सबै ठप्प हुनेछन् । लकडाउन खुलेपछि बुटवलमा अत्यधिक भीडभाड, सार्वजनिक जमघट बढेको थियो ।

कमेन्ट गर्नुहोस्