भारतमा कोरोनाको फेरि नयाँ रेकर्ड

काठमाडौंः भारतमा कोरोना भाइरसले फेरि नयाँ रेकर्ड राखेको छ । संक्रमित तीव्र गतिमा बढ्दा भारतमा दिनप्रतिदिन कोरोनो नयाँ रेकर्ड राख्दै आइरहेको छ ।

बुधबार संक्रमित र निको हुनेको संख्यामा भारतले फेरि नयाँ रेकर्ड राखेको हो । त्यहाँ बुधबार एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित थपिए भने निको पनि भए ।

स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ बुधबार एकैदिन ६७ हजार ६६ जना संक्रमित भारतमा थपिएका हुन् । उक्त अवधिमा ५७ हजार ७५९ जना निको हुँदा ९५० जनाको मृत्यु भयो ।

याे पनि पढ्नुस  कैैलालीमा थप एकजनामा देखियो कोरोना

योसँगै भारतमा संक्रमितको संख्या २३ लाख ९५ हजार ४७१ पुग्दा ४७ हजार १३८ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये १६ लाख ९५ हजार ८६० जना निको हुँदा संक्रमित संक्रमित संख्या ६ लाख ५१ हजार ९९९ छ ।

बुधबार विश्वमै भारतमा बढी संक्रमित भेटिए । भारतपछि ब्राजिलमा ५८ हजार ८१ जना र अमेरिकामा ५३ हजार ६१५ जना संक्रमित थपिएका छन् । त्यस्तै अमेरिकामा १ हजार ३६८ र ब्रजिलमा १ हजार १६४ जनाको ज्यान गएको छ ।

याे पनि पढ्नुस  कोरोनाबाट नेपालमा थप १ जनाको मृत्यु

अहिले भारत विश्वका धेरै कोरोना संक्रमित मुलुकहरुको तेस्रो स्थानमा रहेको छ । एसियाली देशहरूमा भने सबैभन्दा बढी संक्रमितहरू भारतमै फेला परेका छन् ।

भारतीय राज्यहरूमध्ये महाराष्ट्र र तामिलाडु अतिप्रभावित भएका छन् । संक्रमितका आधारमा दिल्ली तेस्रो स्थानमा छ । पछिल्ला दिनहरूमा दिल्लीमा संक्रमितको संख्या निकै घटेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

याे पनि पढ्नुस  भारतको लकडाउनबारे ठूलो घोषणाः यी हुन् आदेशका मुख्य विशेषता

भारतमा कोभिड–१९ नियन्त्रण गर्ने उद्देश्यले गत मार्चमा लगाइएको लकडाउन खुकुलो पारेसँगै संक्रमणमा विस्तार भएको हो । भारत सरकारले जुन ८ मा लकडाउन घोषणा गरेको थियो । त्यतिबेलासम्म भारतमा संक्रमितको संख्या ५ सयको हाराहारीमा थियो ।

धेरै जनसंख्या र जनघनत्व भएका सहरहरू धेरै भएकाले भारत कोभिड–१९ को केन्द्रबिन्दु बन्न सक्ने विज्ञहरूले चेतावनी दिँदै आएका छन् ।

कहाँ कति ?

 

कमेन्ट गर्नुहोस्