स्क्रब टाइफसबाट एक बालिकाको मुत्यु

बैतडीः स्क्रब टाइफस रोगबाट बैतडीकी एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–३ श्रीकोटकी १४ वर्षीया पुजा जोशी रहेकी छन् । पूजाको उपचारका लागि कोहलपुर मेडिकल कलेज लग्दै गर्दा बाटोमै मृत्यु भएको हो ।

स्क्रब टाइफसबाट सङ्क्रमित बालिकालाई बैतडीबाट डडेल्धुरा अस्पताल हुँदै मङ्गलबार धनगढीको सारथी अस्पताल पुर्याइएको थियो । त्यहाँ पनि उपचार हुन नसकेपछि थप उपचारका लागि कोहलपुर लग्दैगर्दा बालिकाको मृत्यु भएको पूजाका फुपाजु शङ्करदत्त भट्टले बताए ।

याे पनि पढ्नुस  दार्चुलामा भेटिए स्क्रब टाइफसका बिरामी

मृतक पूजाका बुबा रोजगारीको सिलसिलामा विदेश रहेका छन् । उनलाई उपचारका लागि आमा र हजुरबुबाले धनगढी पुर्याएका थिए ।

कमेन्ट गर्नुहोस्