बिहानै थपिए ८० जना संक्रमित

काठमाडौंः बारा, पर्सा, कपिलवस्तु र विराटनगरमा बिहीबार बिहान ८० जनामा कोरोना संक्रमित थपिएका छन् ।

पर्सा र बारामा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरू पर्साको वीरगञ्ज महानगरपालिका र बाराको प्रसौनी गाउँपालिकाका हुन् ।

बुधबार राति नारायणी अस्पतालको प्रयोगशाालमा गरिएको परीक्षणमा उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमित ११ जना महिला रहेको नारायणी अस्पतालले जनाएको छ ।

याे पनि पढ्नुस  संक्रमित गाउँपालिकाका अध्यक्ष भन्छन्, ‘तातोपानी र बेसार खाएर कोरोना जित्छु’

कन्ट्याक्ट ट्रेसिङबाट संकलन गरिएको स्वाब नमुना परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ । अधिकांश संक्रमित घण्टाघर, रानीघाट, घडिअर्वा क्षेत्रका छन् ।

यस्तै, कपिलवस्तुमा १८ जना संक्रमित थपिएका छन् । नयाँ संक्रमितमा कपिलवस्तु जिल्ला अस्पतालमा कार्यरत ३ जना स्वास्थ्यकर्मी पनि रहेका छन् ।

याे पनि पढ्नुस  कोरोना आशंकामा एकजना त्रिशूली अस्पतालको आइसोलेशन भर्ना

स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि इमरजेन्सी सेवाबाहेक सबै सेवा अर्को सूचना नहुँदासम्मका लागि बन्द गरिएको छ । जिल्लामा हालसम्म ९ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये १ जनाको मृत्यु भइसकेको छ ।

उता, विराटनगर महानगरपालिकामा बिहीबार थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

याे पनि पढ्नुस  कोरोनाका कारण धरानमा आमा–छोराको मृत्यु

कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १९ पुरुष र आठ जना महिलामा संक्रमण पुष्टि भएको हो । संक्रमितहरु १५ देखि ७४ वर्षसम्मका रहेका अस्पताल स्रोतले जानाएको छ ।

कमेन्ट गर्नुहोस्