यूएईमा २ नेपालीको छुरा प्रहार गरेर हत्या

युएई : यूएईमा शारजाहमा दुई नेपालीको छुरा प्रहार गरेर हत्या भएको छ । ती दुई व्यक्तिको शव शारजाहको एक आवासीय क्षेत्रमा भेटिएको थियो ।

दुई समूह बीचको झगडाले उग्ररुप लिएपछि उनीहरूको धारिलो छुरा प्रहार गरेर हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको यूएईको गल्फ न्यूजले जनाएको छ ।

याे पनि पढ्नुस  पत्रकार ढकालको हत्यामा स‌ंलग्न दुई जनालाई ३९ वर्ष जेल सजाय

उनीहरूको हत्या कसले र किन गर्यो भन्ने खुलेको छैन । मृत्युको सही कारण पत्ता लगाउन शवलाई पोस्टमार्टमको लागि फरेन्सिक प्रयोगशालामा लगिएको छ ।

मृतकहरूको अनुहार, घाँटी, छाती तथा पेटमा निलडाम रहेको प्रहरीले जनाएको छ । उनीहरूको पहिचान खुलेको छैन । तर, उनीहरूको सांकेतिक नाम जेके २६ र एमआर ३७ रहेको जनाएको छ ।

याे पनि पढ्नुस  हत्या आरोपमा श्रीमान् र नन्द पक्राउ

समाचारमा जनाइएअनुसार उक्त घटना अगस्त ८ को साँझ भएको हो । उक्त दिन साँझ ७ बजे प्रहरीलाई सहयोगका लागि भन्दै फोन आएको थियो । प्रहरी त्यहाँ पुग्दा ठूलो भिड थियो, जहाँ दुईजनाको शव पनि भेटियो ।

कमेन्ट गर्नुहोस्