फेरि ह्वात्तै बढ्यो सुनको मूल्य

काठमाडौंः बुधबार ६२ सयले घटेको सुनको मूल्य प्रतितोलामा बिहीबार फेरि २३ सयले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन बिहिबार प्रतितोला ९७ हजार ८ सयमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

याे पनि पढ्नुस  चाँदीको मूल्य बढ्यो, सुनको भाऊ कस्तो छ?

त्यस्तै बिहिबार तेजावी सुन प्रतितोला ९७ हजार ३ सयमा कारोबार भइरहेको छ ।

चाँदीको मुल्य प्रतितोला ८५ रुपैयाँले बढेर १ हजार २ सय ९५ मा कारोबार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्