ओली र प्रचण्डबीच बालुवाटारमा छलफल शुरू

काठमाडौंः नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा भेटवार्ता शुरू भएको छ ।

ओलीलाई भेट्न प्रचण्ड केहीबेरअघि प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । भेटका पछिल्लो समय पार्टीमा देखिएको विवादबारे छलफल हुनेछ ।

ओली र प्रचण्डबीच यसअघि साउन २० गते बालुवाटारमा छलफल भएको थियो। त्यसयता दुई अध्यक्षबीच भेटवार्ता हुन सकेको थिएन । स्रोतका अनुसार दोस्रो तहका नेताहरुको लबिङपछि दुई अध्यक्षबीच भेटवार्ता तय भएको हो ।

याे पनि पढ्नुस  एकता भनेको असल नेतृत्व, असल नेता र नेतृत्वशैलीबाट मात्र हुन्छः प्रचण्ड

छलफलमा दुई अध्यक्षसँगै महासचिव विष्णु पौडेल, प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेल र स्थायी समिति सदस्य जनार्दन शर्मा पनि सहभागी रहेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

१४ असार मदनजयन्तीका अवसरमा बालुवाटारमा आयोजित कार्यक्रममा ओलीले आफूलाई हटाउन भारत र पार्टी नेताहरूले षड्यन्त्र गरिरहेको अभिव्यक्ति दिएपछि १६ असारमा बसेको स्थायी कमिटी बैठकमा उनको राजीनामा नै मुख्य एजेन्डा बनेको थियो ।

याे पनि पढ्नुस  नेपालीलाई कपाल मुण्डन गर्न लगाएर टाउकोमा ‘श्रीराम’ लेखिदिने पक्राउ

अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरू झलनाथ खनाल र माधव नेपाल तथा उपाध्यक्ष वामदेव गौतमलगायत नेताले राजीनामा मागेपछि नेकपामा विवाद सिर्जना भएको छ । त्यसपछि ओली–प्रचण्डबीच छलफल हुँदै आए पनि निष्कर्ष निस्किएको छैन ।

बुधबार मात्रै एक टेलिभिजन अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले पाँच दिनभित्र पार्टी विवाद हल हुने दाबी गरेका थिए । त्यसअर्थमा बिहीबारको दुई अध्यक्षबीचको भेटवार्तालाई चासोपूर्वक हेरिएको छ ।

कमेन्ट गर्नुहोस्