बाँकेमा ३० जनाले काेरोना जिते

नेपालगञ्जः बाँकेमा बिहीबार ३० जना कोरोना संक्रमितहरू निको भएर घर फर्किएका छन् । समुदायमा संक्रमण फैलिएपछि पछिल्लो समयमा संक्रमितहरू बढ्दै गएको बेला बिहिबार एकै पटक ठुलो संख्यामा संक्रमितहरू डिस्चार्ज भएका हुन् ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठका अनुसार बिहीबार निको भएर घर फर्किनेहरूमा आन्तरिक राजश्व कार्यालयका अधिकृतसहित कर्मचारी र उनका आफन्तहरू, त्रिभुवन चोकको मिठाइ पसलका परिवार तथा नेपालगञ्ज उपमहानगरपालिकाका कर्मचारी रहेका छन् ।

याे पनि पढ्नुस  नेपालगञ्जका पहिलो संक्रमितका सबै परिवारको रिपोर्ट आयो

३० जना बिहीबार डिस्चार्ज भएसँगै बाँकेमा कोरोना भाइरस संक्रमण जित्नेको संख्या ४३५ पुगेको छ । हालसम्म जिल्लामा संक्रमित हुनेको संख्या ६ सय ६७ पुुगेको छ । तीमध्ये तीनजना संक्रमितको मृत्यु भइसकेको छ ।

कमेन्ट गर्नुहोस्