संक्रमित बढेपछि कलंकीमा कडाइ, पसल बन्द गरियो

काठमाडौंः कलंकीमा अत्यावश्यक बाहेकका पसल बन्द गरिएको छ ।

काठमाडौं महानगरपालिका–१४ मा कोरोना भाइरसका संक्रमित बढ्दै गएको भन्दै बिहीबार बिहानैदेखि स्थानीय क्लब, वडा कार्यालय तथा प्रहरी प्रशासनको समन्वयमा अत्यावश्यक बाहेकका पसल, होटल, रेस्टुरेन्ट लगायतलाई बन्द गरिएको हो ।

महानगरी प्रहरी वृत्त, कालिमाटीका डिएसपी रूगम कुँवरका अनुसार विशेषगरी कलंकी चोकका पसलहरू बन्द गरिएको छ । वडा नम्बर १४ मा २५ जनाभन्दा बढी संक्रमितहरू भेटिएका छन् ।

याे पनि पढ्नुस  नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५२ पुग्यो

अनावश्यक रूपमा हिँड्डुल समेत नगर्न अनुरोध गरिएको छ ।

कमेन्ट गर्नुहोस्