महराद्वारा शहरी स्वास्थ्य क्लिनिकको भवन उद्घाटन

दाङः नयाँ बजार शहरी स्वास्थ्य क्लिनिक भवनको उद्घाटन गरिएको छ । घोराही उप–महानगरपालिका–१४ नयाँ बजार स्थित तीनकुने चोकमा निर्माण गरिएको भवन प्रतिनिधिसभा सदस्य एवं पूर्व सभामुख कृष्णबहादुर महराले उद्घाटन गरे ।

पूर्व सभामुख महराको पूर्वाधार विकास कार्यक्रमअन्र्तगत सासंद विकास कोषको ५० लाखको लागतमा ४ कोठे भवन र शौचालय निर्माण गरिएको हो । चारवटै कोठामा एसीसहित फर्निचर र स्वास्थ्य क्लिनिकका लागि आपश्यक पर्ने उपकरणहरू जडान गरिएको छ ।

याे पनि पढ्नुस  महराको स्वास्थ्य अवस्था जटिल, अस्पतालमै बयान लिने तयारी

भवन उद्घाटन गर्दै महराले राज्यले आफ्ना नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा पुर्याउनुपर्ने बताए । त्यसका लागि स्थानीयस्तरवाटै नागरिकले आवाज उठाउनुपर्ने उनको भनाइ छ ।

महराले स्थानीय निकाय, सरकारका तर्फबाट भएका कामको संरक्षण र सम्बर्द्धन गर्नुपर्ने बताए । अधिकांश स्थानीय तहका स्वास्थ्य संस्थाहरुमा भौतिक पूर्वाधार निर्माण भए पनि त्यसमा आवश्यक पर्ने उपकरण नहुँदा स्वास्थ्य सेवामा समस्या देखिएको बताउँदै त्यसको व्यवस्थापनका लागि भुमिका खेल्ने उनको भनाई छ ।

याे पनि पढ्नुस  महराको ताजा अन्तर्वाताः जेल पर्नुमा एमसीसी पनि एउटा कारण हो (भिडियो)

घोराही उप–महानगरपालिका प्रमुख नरुलाल चौधरीले घोराही उप–महानरपालिका सम्पूर्ण नागरिकलाई स्वास्थ्य सेवा पुर्याउन प्रत्येक वडामा स्वास्थ्य केन्द्र स्थापना गरेको बताए । त्यसका साथै अहिले घोराही उप–महानरपालिकाले १५ बेडको अस्पताल निर्माणको काम थालनी भइहेको उनले बताए ।

कमेन्ट गर्नुहोस्