काभ्रे : काभ्रेमा पहिलोपटक जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएको छ । काभ्रेको मण्डन देउपुर नगरपालिका वडा १२ का वडा अध्यक्षमा कोरोना संक्रमण पुष्टि भएको हो ।
काभ्रेका जनप्रतिनिधिमा कोरोना संक्रमण देखिएको यो पहिलो पटक भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र कुमार झाले बताए ।
हालसम्म काभ्रेमा संक्रमितको संख्या ६२ पुगेको छ । जसमा २० जना प्रहरी, २ जना स्वास्थ्यकर्मी, एकजना जनप्रतिनिधि, २२ जना बैदेशिक रोजगारबाट फर्किएका सर्वसाधारण र १८ जना कन्ट्रयाक ट्रेसिङ र अन्य कारणबाट संक्रमित हुनेहरू रहेको डा. झाले बताए ।