प्रधानमन्त्री ओलीसँगको छलफलपछि प्रचण्ड-नेपालबीच वार्ता

काठमाडौं : बालुवाटारमा प्रधानमन्त्री ओलीसँग ४ घण्टा कुराकानी भएलगत्तै नेकपा कार्यकारी अध्यक्ष प्रचण्डसहितका नेताले छुट्टै छलफल पनि गरेका छन् ।

काठमाडौंको थापागाउँस्थित एक कलेजमा ४ नेताले आफू निकटका प्रदेश-५ का केन्द्रीय सदस्यसँग छलफल गरेका हुन् ।

स्रोतका अनुसार छलफलमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता श्रेष्ठ सहभागी भएका छन् ।

याे पनि पढ्नुस  सुवास नेम्वाङले भने, ‘मिहिनेती शिक्षक अग्‍नि सापकोटा सभामुखमा उपयुक्त पात्र’

छलफलमा नेताहरूले पार्टी विवाद समाधानका लागि सुझाव मागेको बुझिएको छ ।

कमेन्ट गर्नुहोस्