कहाँ-कहाँ थपिए आज कोरोना संक्रमित? (विवरणसहित)

काठमाडौं : नेपालमा बिहीबार ५ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशका विभिन्न स्थानमा सञ्चालनमा रहेका प्रयोगशालामा परीक्षण गर्दा आज थप ५ सय २५ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा संक्रमितको संख्या २४ हजार ९ सय ५७ पुगेको छ ।

याे पनि पढ्नुस  अध्यादेशविरुद्व प्रतिपक्षी दलः तत्काल फिर्ता लिन र संसद बैठक बोलाउन माग (विज्ञप्तिसहित)

आज काठमाडौंका १११ , ललितपुरका ११ , भक्तपुरका ५, धनुषाका २२, झापाका २, पर्साका ३९, सुनसरीका २०, उदयपुरका १, मोरङका ८८, इलामका ४, महोत्तरीका २०, रौतहटका २५, सिराहाका २, सप्तरीका ३१, बाराका १, नुवाकोटका १ र सर्लाहीका २६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

याे पनि पढ्नुस  कुन जिल्लामा कति संक्रमित थपिए आज? (सूचीसहित)

यस्तै, चितवनका ११, मकवानपुरका २८, सिन्धुलीका २, काभ्रेका ८, रामेछापका ३, दोलखाका १, सुर्खेतका १, कपिलवस्तुका २१, कास्कीका ३, नवलपरासीका ४, तनहुँका १, प्युठानका ३, रुपन्देहीका १२, दाङका २, बाँकेका १०, बर्दियाका ३, पाल्पाका १, बैतडीका १ तथा डोटीका १ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

याे पनि पढ्नुस  आज ८१८ जनामा कोरोना पुष्टि, २८१ संक्रमित डिस्चार्ज

त्यस्तै, गत २४ घण्टामा कोरोना संक्रमणमुक्त भएर थप १०९ जना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या १६ हजार ८३७ पुगेको छ ।

कमेन्ट गर्नुहोस्