३ दिनमा उपत्यकामा कुल सङ्क्रमितको २५ प्रतिशत थपिए

काठमाडौं : काठमाडौंं उपत्यकामा बिहीबार कोरोना भाइरसका १ सय २७ जना नयाँ सङ्क्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा पछिल्लो ३ दिनयता लगातार १ सय जनाभन्दा बढी नयाँ सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ सय ११, ललितपुरमा ११ र भक्तपुरमा ५ जना गरी पछिल्लो चौबीस घण्टामा काठमाडौं उपत्यकामा १ सय २७ जना नयाँ सङ्क्रमितको पुष्टि भएको हो । बिहीबार देशैभरि ५ सय २५ जना नयाँ सङ्क्रमितको पुष्टि भएका थिए ।

याे पनि पढ्नुस  काठमाडौं उपत्यकामा थपिए आज ३ कोरोना संक्रमित

पछिल्लो ३ दिनमा मात्रै काठमाडौं उपत्यकामा ३ सय ९९ जना सङ्क्रमित फेला परेका छन् । काठमाडौंमा बुधबार १ सय ३८ र मङ्गलबार १ सय ३४ जनामा सङ्क्रमणको पुष्टि भएको थियो । बुधबार देशैभरि ४ सय ८४ र मङ्गलबार ६ सय ३८ जना सङ्क्रमित फेला परेको थियो ।

मन्त्रालयका अनुसार पछिल्लो ३ दिनमा काठमाडौं उपत्यकासहित देशैभरि १ हजार ६ सय ४७ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । जसमध्ये ३ सय ९९ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौं उपत्यकामा तीन दिनमा पुष्टि भएका सङ्क्रमित देशैभरिमा सङ्क्रमण पुष्टि भएकाहरूको २४.२२ प्रतिशत हो ।

याे पनि पढ्नुस  निषेधाज्ञामा कडाइ, यस्तो छ उपत्यकाको पछिल्लो अवस्था

गृह मन्त्रालयले काठमाडौंसहित देशैभरि बढ्दो सङ्क्रमणलाई लिएर आवागमन बन्द गर्ने निर्णय गरिसकेको छ । परिणामस्वरुप सार्वजनिक यातायात बन्द गरिएको छ । ७७ वटै जिल्लालाई सबारी पास जारी नगर्न निर्देशन दिइएको छ । सरकारी कार्यालयहरूमा ‘वर्क फ्रम होम’को अवधारणा ल्याइएको छ ।

अधिकांश सरकारी कार्यालयहरूले कार्यालयमा उपस्थित भई काम गर्नुपर्ने कर्मचारीको सङ्ख्यामा कटौती गरेको छ । जसले गर्दा काठमाडौं शहरको मुख्य बजार स्थलमा चहलपहल कम देखिएको छ ।

याे पनि पढ्नुस  कोरोना त्रास : काठमाडौं उपत्यकामा ५ हजारको स्वाब संकलन

काठमाडौं उपत्यकामा बढ्दो सङ्क्रमणका बीच मुख्य बजार क्षेत्रका पसलहरू समेत स्वतः स्फूर्त बन्द गरिएका छन् । काठमाडौंमा पछिल्लो ३ दिनमा पुष्टि भएको सङ्क्रमित देशैभरि पुष्टि भएको ३ दिनको सङ्क्रमितको करिब २५ प्रतिशत हो । यो समाचार आजको गोरखापत्र देनिकबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्