भारतको बिहारमा एकैदिन भेटिए झण्डै ४ हजार कोरोना संक्रमित

पटना : विहारमा विगत २४ घण्टाको अवधिमा करिब ४ हजार व्यक्तिमा कोभिड-१९ सङ्क्रमण पुष्टि भएको राज्य सरकार अन्तर्गतको स्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी गराएको छ ।

हालसम्म बिहारमा कोभिड-१९ सङ्क्रमितको संख्या ३३ हजार ९१६ रहेको छ ।

संघीय स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा भारतमा अहिलेसम्मकै सबैभन्दा बढी ६६ हजार ९९९ व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएका थिए ।

याे पनि पढ्नुस  खुम्चियो सरकारको ढुकुटीः आम्दानीभन्दा खर्च धेरै

मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या झण्डै २४ लाख गुगेको छ भने छ लाख ५० हजारभन्दा बढी व्यक्ति अहिले पनि कोभिड सङ्क्रमित छन् भने करिब १७ लाख सङ्क्रमणमुक्त भएका सरकारी तथ्याङ्क छ ।

भारतमा बिहीबारसम्ममा ४७ हजार ३३ व्यक्तिको कोरोना भाइरसको महामारीका कारण मृत्यु भएको छ ।

कमेन्ट गर्नुहोस्