युएईमा नेपाली कुटपिट प्रकरण एनआरएनका दुबई क्षेत्रीय अध्यक्ष र उपाध्यक्ष निलम्बित

युएई । गैर आवासीय नेपाली संघ (एनआरएन )युएईले गत शुक्रबार दुबईमा दलाल बाट कुटपिटमा परेका नेपाली बारे आफ्नो ध्यानाकर्षण भएको बताएको छ ।

बिहिवार एक बिज्ञप्ति जारी गर्दै संघले विभिन्न समाचार माध्यमहरुमा गैर आवासीय नेपाली सँघ, रास्ट्रिय समन्वय परिषद (एनआरएनए, एनसिसी) युएई र यसको दुबई क्षेत्रीय समितिका केही पदाधिकारीहरुको नाम समेत मुछिएर समाचारहरु सम्प्रेषण भईरहेको सन्दर्भमा एनआरएनए, एनसिसी, युएईको गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

संघका अध्यक्ष प्रकाश कोइराला द्वारा हस्ताक्षरित बिज्ञप्तिमा  बेलायत लैजाने प्रलोभनमा पारी जनही ९ लाख रुपैयाँ लिई हाल युएईमा रहेका एक ब्यक्तिको जिम्मा लगाईएको तर युएई आएपछि बेलायत पठाउन नसकिने भन्दै युएईमै राम्रो रोजगारीमा लगाईदिने भनी राहदानी र अन्य कागजात समेत सो व्यक्तिले आफ्नो नियन्त्रणमा लिएको बुझिन आएको उल्लेख छ।

याे पनि पढ्नुस  युएईको अलऐनमा रमाईलो ल्होसार साँझ कार्यक्रमको आयोजना

रोजगारीको लागि तयार पारिएको ‘अफर लेटर’ र भिसा समेत नक्कली भएको उल्लेख गरी एनआरएनए, एनसिसी, युएईमा पीडितहरुको उजुरी परेको साथै उक्त उजुरीलाई नेपाली राजदूतावास युएईलाई समेत जानकारी गराई आवस्यक छानविन प्रक्रिया अघि बढिरहेको अवस्थामा दुबई क्षेत्रीय समितिका अध्यक्ष भिम मल्ल र उपाध्यक्ष निराजन खत्रीको उपस्थितिमा कुटपिट जस्तो निन्दनीय घटना भएको भनी नाम मुछिनु दुखद छ । उनीहरुलाई कानुनी उपचार खोज्न समेत रोक लगाईएको भन्ने आरोप लागेको र घटनालाई स्थानीय प्रशासनले समेत अनुसन्धान गरिरहेको हुँदा उक्त घटनाको छानबीन किनारा नलागे सम्मको लागि एनआरएनए, दुबई क्षेत्रीय समितिका अध्यक्ष भिम मल्ल र उपाध्यक्ष निराजन खत्रीलाई निलम्बन गरिएको बिज्ञप्तिमा उल्लेख छ।‌

याे पनि पढ्नुस  प्रवासमा फुटबल मोह ! एनआरएन कपको उपाधी नेपाल स्पोर्ट्स क्लबलाई

जारी बिज्ञप्तिमा भनिएको छ अध्यक्षको परामर्श बिना र समितिमा कुनै पनि छलफल नगरी संस्थाको लेटरप्याड र छाप दुरुपयोग गरी एनआरएनए, एनसिसी, युएईका उपाध्यक्ष नरेश सेनले मनोमानी ढंगले विज्ञप्ति निकालेको र उक्त विज्ञप्तिले विषय अतिरन्जित भै अन्तरास्ट्रिय रूपमा संस्थाको छवि धमिलिन गएको हुदा यस्ता बिसयले संस्थाले आजसम्म गरेको सकारात्मक कामहरु समेत ओझेलमा पर्न गएको छ । उहाँले संस्थामा रहेर पनि आफ्नो पदीय मर्यादा र जिम्मेवारीको दुरुपयोग गरेको हुनाले यो मुद्दा किनारा लागी फैसला नभएसम्मको लागि उपाध्यक्ष नरेश सेनलाई समेत निलम्बन गरिएको जानकारी गराउदँछौं ।

याे पनि पढ्नुस  दूतावासको सेल्टरमा रहेका दुई नेपाली महिलाको उद्दार

एनआरएनए, एनसिसी, युएई प्रवासमा रहेका पीडित नेपालीहरुको पक्षमा सदैव रहेको र स्थानीय कानुनलाई पालना गर्दै नेपालीहरुको हितमा काम गरिरहहने प्रतिबद्धता व्यक्त गर्दछ । साथै पीडितलाई उचित न्याय र दोषी उपर कडा भन्दा कड़ा कारबाही हुनुपर्दछ भन्ने पक्षमा रहेको समेत जानकारी गराउँदछौं बिज्ञप्तिमा  भएनिएको छ ।

कमेन्ट गर्नुहोस्